arrow

रुपन्देही उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
election-commission-hq-building-2022.jpg

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता गरेको छ।

सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, दल दर्ताका लागि आएका २७ वटा दलमध्ये कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबारको निर्णयअनुसार दर्ता गरिएको हो। नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम यी दल दर्ता भएका हुन्।

दर्ता भएका प्रमुख दलहरूमा मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेकपा (एकीकृत समाजवादी) लगायत छन्।

आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ