arrow

मुलुकभर धान रोपाइँको अवस्था यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
ropai-81-3-29a.jpg
फाइल तस्बिर

काठमाडौँ। मुलुकभर हालसम्म ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८दशमलव४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९दशमलव७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६दशमलव३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।

हालसम्म कर्णाली प्रदेशमा ९९दशमलव३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८दशमलव०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४दशमलव८३ प्रतिशत र कोशी प्रदेशमा ९४दशमलव४२ प्रतिशत रोपाइँ भएको छ ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ वृद्धि हुने अनुमान गरिएको छ ।

धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । तराईमा कूल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ