arrow

पहिरोमा पुरिएर घाइते भएका मजदुरलाई पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
rahughat-bidhut-aayojana.jpg

पाेखरा । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो पहिरोमा पुरिएर घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ज्समा भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, विहार शासारामका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका वडा नं ७ का ४० वर्षीय कुमार थापामगर छन् । 

यसैगरी अन्य घाइते सर्लाहीको बागमती नगरपालिका वडा नं ५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका वडा नं ३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।

सोही घटनामा बागलुङको तमानखोला गाउँपालिका वडा नं १ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको थियो । 

रघुगङ्गा गाउँपालिका वडा नं ४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खस्दा सात जना मजदुर पुरिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ