arrow

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
sikchaya-samitis.jpg

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज विद्यालय शिक्षा विधेयकका नमिलेका विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको छ।

विवादित विषयहरूलाई थाँती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो, जसमा शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालयका प्रतिनिधिहरूले भाषा मिलाउने काम गरेका छन्।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा 'पूर्ण छात्रवृत्ति' को परिभाषा स्पष्ट पारिएको छ। जसअनुसार, पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक र शैक्षिक सामग्री, पोसाक, यातायात, आवासीय सुविधा (उपलब्ध भएमा) लगायत विद्यालयले लिने सबै शुल्क र उपलब्ध गराउने सुविधा समावेश हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ