arrow

समितिमा सामान्य प्रशासन मन्त्री

संघीय निजामती सेवा विधेयकले कर्मचारी सरुवालाई पारदर्शी बनाउने: मन्त्री न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
bhagawati-ssss.jpg

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन्।

आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यो विधेयकले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने विश्वास व्यक्त गरिन्। उनले सरुवा-बढुवा प्रणालीलाई व्यवस्थित र अनुमानयोग्य बनाउन विधेयकलाई अझै समृद्ध बनाउनुपर्नेमा जोड दिइन्।

मन्त्री न्यौपानेका अनुसार, यो विधेयक सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउनका साथै संघीयता कार्यान्वयनका लागि एउटा महत्त्वपूर्ण दस्तावेज हो।

प्रतिनिधिसभाबाट पारित भइसकेको यो विधेयकमाथि थप छलफलका लागि राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ