arrow

केएमसीको स्वास्थ्य टोली सुकेधारामा, पाँच सयको निःशुल्क परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
kmc-82-4-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको सुकेधारामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

काठमाडौँ टेक्निकल स्कूलको आयोजनामा स्कूलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८४ जनाको ल्याब परीक्षण, ११३ जनाको भिडियो एक्सरे, ७५ जनाको ईसीजी गरिएको थियो । 

१८ जनाको दाँत खोलिएको थियो भने ४८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ