छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
678
Shares
काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा देखिएको त्रुटिसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
संसदमा रहेका प्रमुख दलहरूका प्रमुख सचेतकहरूको सुझावअनुसार, सभामुख घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै दलका संसदीय कार्यालयहरूलाई पत्र पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिए।
यस पत्रको प्रतिलिपि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र सङ्घीय संसद सचिवालयमा पनि पठाइनेछ।