arrow

फड्के तर्ने क्रममा खोलामा खसेर छोरीको मृत्यु, आमा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
Taplejung_District.png

ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । 

मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बू हुन् ।

सोही घटनामा उनकी आमा शान्ता लिम्बू घाइते भएकनो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । 

फुरुम्बूबाट माइतिघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ