काठमाडौँ। अष्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’ को उद्घाटन खेल आज नेपाल र अष्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकर बीच हुँदैछ।
नेपाली समयअनुसार, यो खेल आज दिउँसो २:१५ बजे डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीका लागि यो प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको हो।
प्रतियोगितामा आयोजक अष्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोलीहरूले प्रतिस्पर्धा गर्दैछन्। यो सिरिज आगामी भदौ ८ गतेसम्म चल्नेछ।