नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा परीक्षाफल प्रकाशित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
619
Shares
काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित गरेको छ।
नतिजाअनुसार, क्याप–आई तहमा ४५४ जना, क्याप–आईआई तहमा ४०४ जना र क्याप–आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। क्याप–आईआईआई तह उत्तीर्ण गरेका ८४ जना अब संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन्।
मध्यम तह (CAP-II): अभिषेक दाहाल (प्रथम), मो सलमान (द्वितीय) र शिशिर अर्याल (तृतीय)।
अन्तिम तह (CAP-III): सागर ज्ञवाली (प्रथम), स्मृति पौडेल (द्वितीय) र कुशल गौतम (तृतीय)।
यसका साथै, ICAN ले सिए मेम्बरसिप फर एसिसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरूको वर्गवृद्धि परीक्षा को नतिजा पनि प्रकाशित गरेको छ।
उत्तरीर्ण परीक्षार्थीहरूले परीक्षाफल प्रकाशित भएको १५ दिनपछि आफ्नो लब्धाङ्कपत्र र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। नतिजामा चित्त नबुझेमा १० दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने व्यवस्था छ। परीक्षाको नतिजा र प्राप्ताङ्क ICAN को आधिकारिक वेबसाइट www.ican.org.np मा हेर्न सकिन्छ।