डुम्रेमा बस र माइक्रो ठोक्किँदा घाइते भएका ११ मध्ये दुई गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
832
Shares
पाेखरा । तनहुँको डुम्रे बजार नजिकै सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये ९ नाको लक्ष्मी अस्पताल र दुई जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा आउँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ६५०३ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस डुम्रे बजार नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।