बढ्यो बैंकिङ कसूर, काठमाडौँ जिल्ला प्रहरी परिसरमा १३ हजार मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
562
Shares
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसूरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसूरका छन् ।
सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।
आव २०८०–८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१र८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए ।