arrow

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
myagdi-jeep-accident.jpg

पोखरा । म्याग्दीमा आज जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ रुन्मकी ४३ वर्षीया खनदेवी फगामी छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा जीप चालक मालिका गाउँपालिका वडा नं ५ का ४० वर्षका चन्द्र पुन, १४ वर्षीया श्रीजना घर्ती र ७३ वर्षीय भविराज फगामी छन् ।

उनीहरुलाई उपचारका लागि दरवाङ आधारभूत अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।

प्रहरी निरीक्षक ढकालका अनुसार मालिका गाउँपालिका वडा नं ५ ठूलोढाटरमा दरवाङबाट रुन्मतर्फ जाँदै गरेको ग२च ४३९२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप अनियन्त्रित भई सडकदेखि ४० मिटर तल खसेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ