arrow

कल्ले खोलामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
accident-final.jpg

सुर्खेत । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले खोलामा भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी-१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी-१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो ।

चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ