arrow

महाकाली नदीमा डुबेर बेपत्ता दुई बालिकाको अझै लाग्न सकेन पत्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
mahakali-river.jpg

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझैसम्म पत्तो लाग्न सकेको छैन। आइतबार नदीमा नुहाउने क्रममा बेपत्ता भएका ७ वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त को खोजी कार्य आज पनि जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बालिका डुबेको खबर पाएलगत्तै आइतबार साँझदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले खोजी कार्य सुरु गरेको थियो। नदीमा पानीको बहाव बढी भएकाले खोजतलासको काममा कठिनाइ भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ