arrow

राष्ट्रसंघका महासचिवले भने- गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग भएको र सधैं रहनुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघका सह-प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा महासचिव गुटेरेस इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गरिएको छ।

महासचिवले गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति, जबरजस्ती विस्थापन र ठूलो विनाश भोगिरहेको बताएका छन्। उनले गाजामा तत्काल स्थायी युद्धविराम, निर्बाध मानवीय पहुँच र सबै बन्धकहरूको बिनाशर्त रिहाइको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ