arrow

विमान दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
small-plane.jpg

काठमाडौँ ।स्पेनको भ्यालेन्सिया क्षेत्रमा शनिबार सानो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

क्षेत्रीय सरकारले दिएको जानकारीअनुसार, यो दुर्घटना बिहान ११:२५ बजे रेक्वेना शहर नजिकै भएको हो।

विमानले उडान भरेको केही समयपछि नै ठाडो भएर नजिकैको खेतमा खसेको थियो। यसबाट विमानमा रहेका दुवै यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनापछि विमानमा आगो लागेर पूर्ण रूपमा जलेको थियो। दुवै मृतकहरू भ्यालेन्सिया शहरका पुरुष थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ