arrow

रासायनिक मलको सहज व्यवस्थापनका लागि के गर्दैछ मन्त्रालय ?

पर्याप्त मौज्दात रहेको मन्त्रालयको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
krishi-mantri-adhikari-.jpg

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र किसानहरूबाट कुनै गुनासो नआओस् भन्नेमा ध्यान दिइएको जनाएको छ। मन्त्रालयका अनुसार, हाल देशमा पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात र आयात प्रक्रिया जारी छ।

मन्त्रालयले दिएको जानकारीअनुसार, अहिले २८,८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ, जसमा युरिया, डीएपी र पोटास पर्छन्। यो मल साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत वितरण भइरहेको छ। यसका साथै, १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आयातको प्रक्रियामा (मार्गस्थ) रहेको छ, जुन छिट्टै नेपाल आइपुग्नेछ।

गत आर्थिक वर्षको ३०,९८३ मेट्रिक टन मल पनि अहिले मौज्दातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार, सरकारले यस आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। यसका लागि २८ अर्ब ८२ करोड रुपैयाँ को बजेट छुट्याइएको छ। हालसम्म ३ लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ। मन्त्री अधिकारीले किसानले सहज रूपमा मल पाउने गरी आवश्यक पहल भइरहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ