काठमाडौँ । ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपालमा पनि मनाइएको छ । शनिबार काठमाडौँसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो ।
भृकुटी मण्डपबाट शुरु भएको झाँकी टुँडिखेल परिक्रमा गर्दै सभागृह पुगेर कार्यक्रमस्थल गएको थियो ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।