arrow

बसको ठक्करबाट चाैधरीकाे मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
accident-final.jpg

सप्तरी । सप्तरीमा शनिबार बिहानै बसको ठक्करबाट साइकलमा सवार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ सीतापुरका ६८ वर्षीय बुदुर चौधरी छन् । 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार चौधरीको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ गइरहेको नाप्र १-०१-००१ ख ४५६० नम्बरको बसले पूर्व-पश्चिम राजमार्गअन्तर्गत चाँदनीचोकमा चौधरी सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

चौधरी आफ्नो धानखेततर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन हजारौँ यात्रु अलपत्र परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ