सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्नुपर्छ: देउवा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
649
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
सभापति देउवाले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सिद्धान्त नेपालको नयाँ संविधानका मुख्य उपलब्धि भएको बताए। उनले संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्ने व्यवस्था गरिएको र त्यसको कार्यान्वयन भइरहेको जानकारी दिए।
उनले आदिवासी जनजातिहरूको आत्मसम्मानका लागि नेपाली कांग्रेस सधैं संवेदनशील रहेको बताए। देउवाले शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता र सहभागिता जस्ता क्षेत्रमा सबैको समान पहुँच सुनिश्चित गर्न समयसापेक्ष पहल गर्नुपर्नेमा जोड दिए। उनले भने, "सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ।" उनले आदिवासी जनजातिका परम्परा र भेषभूषाको संरक्षण र संवर्द्धनमा पनि पार्टीले जोड दिँदै आएको बताए।