arrow

उपभोक्ता हित समिति

संसदीय समितिले पारित गर्‍यो तीनवटा अनुगमन प्रतिवेदन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
khan-abdul.jpg

काठमाडौँ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तीनवटा स्थलगत अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पारित गरेका प्रतिवेदनहरूमा झापा, उदयपुर, सुनसरी, र मोरङमा गरिएको अनुगमन प्रतिवेदन, स्पञ्ज आइरन र बिलेट्सको भन्सार महसुल सम्बन्धी अध्ययन प्रतिवेदन, तथा मकवानपुर, बारा, र पर्साका उद्योग र भन्सार कार्यालयहरूको अनुगमन प्रतिवेदन रहेका छन्।

समितिका सभापति अब्दुल खानका अनुसार, बैठकले यसअघि सरकार र सरोकारवाला निकायलाई दिएका निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गर्ने निर्णय गरेको छ। यसका लागि सम्बन्धित निकायहरूसँग छलफल गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ