arrow

सार्वजनिक लेखा समिति

बेरुजु घटाउन दश मन्त्रालयलाई लेखा समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
lekha-samiti-12-05.jpg

काठमाडौँ। संसदको सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु भएका दश वटा मन्त्रालयलाई आगामी दिनमा कार्ययोजना बनाएर बेरुजु फछ्र्यौट गर्न निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि समितिले बेरुजु घटाउनका लागि लक्ष्य निर्धारण गर्न र यसलाई विभागीय अधिकारीहरूको कार्यसम्पादन मूल्याङ्कनसँग जोड्न भनेको छ। समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा नियन्त्रकको कार्यालयलाई लेखा कर्मचारीहरूले विगतमा गरेका कामको मूल्याङ्कन गर्न र उनीहरूको आगामी प्रतिबद्धता माग्न निर्देशन दिए।

सभापति पोखरेलले भने, "विगत २ वर्षमा लेखा कर्मचारीले जहाँ-जहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो? त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपर्‍यो। अबको प्रतिबद्धता के हो त्यो पनि मागौं। त्यो सहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समयभित्र सार्वजनिक लेखा समितिलाई बुझाउनुपर्‍यो।"

उनले केही लेखा अधिकारीहरू निश्चित विभाग र मन्त्रालयमा मात्रै सरुवाका लागि दौडधूप गर्ने गरेको उल्लेख गर्दै उनीहरूको कामको हिसाब राख्न आवश्यक रहेको बताए। समितिले ५७औँ महालेखाको प्रतिवेदन देखिका सबै बेरुजुलाई यो आर्थिक वर्षमा समाधान गर्न पनि अधिकारीहरूलाई निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ