arrow

प्रचण्डका कुरा

माओवादी नेताहरूले अबदेखि आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
prachanda-22.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा अध्ययन गराउनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

अध्यक्ष दाहालका अनुसार, केन्द्रीय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा रहेका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टीका नेताहरूलाई भेला गराएर यो निर्णय लागू गर्न निर्देशन दिइएको छ। उनले यो निर्णय कार्यान्वयन भइरहेको दाबी पनि गरे।

उनले भने, "अब सबै स्थानीय सरकारका नेताहरू र पार्टीका नेताहरूले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ।" उनले आफ्ना कुनै पनि छोराछोरी विदेश पढ्न नगएको दाबी गर्दै पार्टीका सबै नेताहरूलाई यस्तै गर्न आग्रह गरेका छन्।

अध्यक्ष दाहालले यस निर्णयले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ