arrow

रहेनन् अग्रज पत्रकार तेजबहादुर भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
tejbahadur-bhandari-patraka.jpg

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो । उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेएका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए । उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन् ।

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । 
  
भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रेरणादायी अभिभावक गुमाएको उनले बताए । 

पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताए । उनले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ