‘कुलिङ पिरियड’मा नियतजन्य छेडखानी भएको सांसद सापकोटाको भनाइ
छानबिन समितिले नियतजन्य त्रुटि मानेको निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
677
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय निजामती सेवा विधेयकमा देखिएको मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त गडबडीलाई सामान्य मानवीय त्रुटि मान्न नसकिने बताए।
सांसद सापकोटाका अनुसार, छानबिन समितिले आफ्नो प्रतिवेदनमा उक्त घटनालाई गम्भीर त्रुटिका रूपमा लिएको छ। उनले समिति सभापति र सचिवले नियतजन्य रूपमा यस्तो काम गरेको आरोप लगाएका छन्।
सापकोटाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको कार्यशैलीलाई रहस्यमय भन्दै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको जानकारी दिए।
सांसद सापकोटाले कानुनअनुसार प्रथम दृष्टिमै समिति सभापति र सचिवले यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले नैतिक रूपमा पनि उनीहरूले राजीनामा दिनुपर्ने माग गरेका छन्।