arrow

कञ्चनपुरमा दिउँसै बस्ती पस्न थाले हात्ती, स्थानीय त्रसित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
elephant-jhapa.jpg

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। मंगलबार दिउँसो एउटा वयस्क भाले हात्ती गाउँ छिरेर सडक र खेतबारीमा हिँडिरहेको देखिएको थियो।

स्थानीय बासिन्दाहरूका अनुसार, यस क्षेत्रमा प्रत्येक वर्ष हात्तीको आतंक बढ्दै गएको छ। उनीहरूले होहल्ला गरेर हात्तीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ धपाए पनि हात्ती पुनः गाउँमा फर्कने डर कायमै छ। स्थानीय लक्ष्मण रानाले गत वर्ष हात्तीले एक जनाको ज्यानसमेत लिएको र बालीनालीमा पनि ठूलो क्षति पुर्याएको बताएका छन्।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार, हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँमा पस्ने गरेको छ।

लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँचवटा जङ्गली हात्ती रहेको जानकारी दिएका छन्। हात्ती बस्तीतर्फ जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ