arrow

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
accident-final.jpg

पोखरा । तनहुँको गुणादीमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं १ की ६६ वर्षीया नीरमाया थापा छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई तत्कालै प्रदेश अस्पताल दमौली पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा१३च ६७७८ नम्रबको जिपले पृथ्वीराजमार्गअन्तर्गत गुणादीमा थापालाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार जीप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान शुरू गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ