arrow

प्रतिनिधि सभा

बहुविवाहलाई मान्यता दिने तयारी प्रतिगमनकारी: सांसद शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
rekha-sharma-31.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी कानुन ल्याउन लागेको भन्दै कडा आपत्ति जनाएकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको यो कदमलाई ‘महाप्रतिगमन’ को संज्ञा दिइन्।

सांसद शर्माले सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताएकी छन्। उनका अनुसार यो तयारी संविधानले प्रदान गरेका महिला अधिकार र नेपाल पक्षराष्ट्र बनेका अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरूको पनि विपरीत छ।

उनले भनिन्, "जनयुद्ध, जनआन्दोलन र सबैखाले महिला आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ, यो महाप्रतिगमन हो। म यसप्रति घोर आपत्ति व्यक्त गर्दछु।" उनले यो प्रतिगमनकारी विधेयक अगाडि नबढाउन पनि सरकारको ध्यानाकर्षण गराएकी छन्।

सांसद शर्माले आफूहरूले कुनै पनि हालतमा यस्तो प्रतिगमनलाई स्वीकार नगर्ने स्पष्ट पारेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ