महाकाली नदीमा पानीको बहाव बढ्यो, वनवासा पुलमा सवारी साधन बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
727
Shares
कञ्चनपुर। लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेको छ। यसले गर्दा नेपाल र भारतलाई जोड्ने वनवासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, सोमबार बिहान १० बजे गरिएको मापनमा नदीमा पानीको बहाव बढेर १ लाख ६८ हजार ३४४ क्यूसेक पुगेको थियो। यद्यपि, बेलुका ८ बजेसम्म बहाव केही घटेर १ लाख ९ हजार ९८० क्यूसेक मापन गरिएको छ।
नियमअनुसार, जब नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्छ, तब सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पुलमा सवारीसाधनको आवागमनमा रोक लगाइन्छ। अहिले सोही नियमअनुसार पुल बन्द गरिएको छ।