arrow

ओभल टेष्टमा भारतको छ रनको रोमाञ्चकसँगै कीर्तिमानी जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
india-test-25-8-4.jpg

काठमाडौँ । भारतले इङ्गल्याण्डविरुद्धको पाँचौँ टेष्ट क्रिकेटमा सनसनीपूर्ण जित हासिल गरेको छ । इङ्गल्याण्डको ओभलमा भएको खेलमा भारत छ रनले विजयी भएको हो । यो भारतको टेष्ट क्रिकेटमा रनका आधारमा सबैभन्दा साँघुरो जित हो ।

यसअघि भारतले अष्ट्रेलियालाई १३ रनले हराएको थियो । 

ओभलमा ३७४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ३६७ रन बनाउन सक्यो । अन्तिम दिन चार विकेट बाँकी छँदा जितका लागि ३५ रनको आवश्यकता रहँदा मैदानमा उत्रिएको इङ्गल्याण्डले सहजै जित हासिल गर्ने अपेक्षा गरिएको भए पनि भारतीय बलरहरुले कसिलो बलिङ गरेसँगै इङ्गल्याण्ड पराजित भयो । 

भारतका लागि मोहम्मद सिराजले ५ तथा प्रसिद्ध कृष्णले ४ विकेट लिए । त्यसअघि भारतले पहिलो इनिङ्समा २२४ रन बनाउँदा इङ्गल्याण्डले २४७ रन जोडेको थियो । 

दोस्रो इनिङ्समा भारतले ३९६ रन बनाएको थियो । पहिलो इनिङ्समा ४ विकेटसमेत लिएका सिराज प्लेयर अफ द म्याच भए । उनले यो श्रृंखलामा सर्वाधिक २३ विकेट लिए । 

यो जितसँगै भारतले पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गरेको छ । अन्तिम खेलमा हार बेहोरेसँगै इङ्गल्याण्ड घरेलु मैदानमा श्रृंखला जित्न चुकेको छ ।

पहिलो र तेस्रो इङ्गल्याण्डले जितेको थियो भने भारतले दोस्रो र पाँचौँ खेल जितेको हो । चौथो खेल भने बराबरीमा सकिएको थियो । 

भारतका लागि पहिलो पटक कप्तानी सम्हालेका शुबमन गिल ७५४ रन जोड्दै प्लेयर अफ द सिरिज भएका छन् । उनले चार शतक बनाए । त्यस्तै ४८१ रन बनाएका इङ्गल्याण्डका ह्यारि ब्रुकलाई पनि प्लेयर अफ द सिरिजको उपाधि दिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ