म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कमा अरिङ्गालपालन गरेकी उद्यमी गीता पाइजा शाही अरिङ्गालको गोलामा आहारा राखिदिँदै गरेकी छिन् । उनी र उनका श्रीमान सौखले व्यावसायिक रुपमा अरिङ्गालपालन गरेका छन् ।
झरी परेको समयमा चरनका लागि बाहिर नजाने भएकाले अरिङ्गाललाई मासु र फलफूल आहारा दिने गरेको उद्यमी शाही दम्पत्तीले बताए । रासस