२४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
727
Shares
झापा। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनालगायतका क्षेत्रमा १२९ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। यस भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ।
स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायहरूले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी र कचनकवलमा जडान गरिएका साइरनहरू बज्न थालेका छन्, जसले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान मद्दत पुर्याउनेछ।
वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै सबै सम्बन्धित निकायहरूले उद्धार र राहतका लागि तयारी अवस्थामा रहेको जनाएका छन्।