arrow

ट्रम्पको अल्टिमेटम: युक्रेन युद्ध अन्त्य गर्न रुसलाई दश दिनको समयसीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
trump-222.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति हासिल गर्न रुसलाई १० दिनको समयसीमा तोकेका छन्। स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यो समयसीमा पालन गर्न असफल भएमा रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिएका छन्।

ट्रम्पका अनुसार, मंगलबारदेखि १० दिनभित्र युद्धविराम हुनुपर्नेछ। उनले रुस र युक्रेनबीचको द्वन्द्व छिट्टै अन्त्य हुनुपर्नेमा जोड दिँदै यसअघि ५० दिनको समयसीमा तोकिएकोमा त्यसलाई घटाएर १० दिनमा झारेको उल्लेख गरेका छन्। यद्यपि, उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट यस विषयमा कुनै प्रतिक्रिया नआएको बताएका छन्।

प्रधानमन्त्री ट्रम्पले यदि थपिएको समयसीमाभित्र कुनै प्रगति नभएमा अमेरिकाले मस्कोमाथि थप शुल्क र दण्डात्मक उपायहरू अवलम्बन गर्ने बताएका छन्। उनले संयुक्त राज्य अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न र अवरोध कम गर्न घरेलु तेल उत्पादन बढाउने पनि बताएका छन्।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। किएभले भने द्वन्द्व अन्त्य गर्ने शर्तको रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने महत्वाकाङ्क्षा त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भन्दै दृढतापूर्वक अस्वीकार गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ