arrow

मधेसमा पाँच सय बोरिङ खन्ने तयारी : फिल्डमा हितेन्द्र, सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ बिजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
hitendradev.jpg

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका विभिन्न जिल्लामा तत्कालै पाँच सय वटा बोरिङ खन्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विद्युत आपूर्तिको अवस्था बुझ्न फिल्डमा खटिएका छन्। उनले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरेका छन्।

चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम आइपुगेका निर्देशक शाक्यले मधेसका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरण कार्यालय प्रमुखहरूसँग बोरिङ खन्ने ठाउँमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरेका हुन्।

निर्देशक शाक्यले सिँचाइका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताए। यद्यपि, कहाँ-कहाँ बोरिङ जडान गर्ने भन्ने जानकारी सम्बन्धित निकायबाट आउन नसकेको उनले गुनासो गरे। सिँचाइ गर्न अब डेढ महिना बाँकी रहेको भन्दै उनले कति बोरिङ आउँछ, कहाँ-कहाँ आउँछ र कति क्षमताको पम्पहरू छन् भन्ने कुराको जानकारी दिन आग्रह गरे।

किसानको समस्यालाई राष्ट्रिय समस्या भन्दै शाक्यले यसको समाधानका लागि आफू लागिपरेको बताए। उनले आठ रुपैयाँ पर्ने बिजुली सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा दिने जानकारी पनि गराए।

निर्देशक शाक्यले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सक्नेगरी लागि परेको र त्यसका लागि कहाँ-कहाँ र कसरी बोरिङ जडान गर्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको बताए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ