arrow

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
samiti-bidhayan.jpg

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको दफावार छलफल अन्तिम चरणमा पुर्‍याएको छ।

समितिको आजको बैठकमा सो ऐनको परिच्छेद ९ अन्तर्गत विभिन्न दफामाथि छलफल भएको सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्।

उनले भनिन्, "विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा पुगेको छ, अबको दुई/तीनवटा बैठकमा दफावार छलफल सक्छौँ।" विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो।

सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्यूनीकरण गर्न उक्त ऐन ल्याएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ