arrow

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थयात्री बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
gosaikunda-religious-touris.jpg

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थयात्री बेपत्ता भएका छन्।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलबारीका मनोज न्यौपाने रहेका छन्। गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरू डुबेको हुनसक्ने अनुमान गरिएको छ।

बेपत्ताहरूको खोजीका लागि नेपाली सेनाको श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ