arrow

प्राकृतिक श्रोत समिति

भूमि विधेयक एकीकृत नभएको माओवादी केन्द्रको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
hitraj-10-18.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाएका छन्। आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

पाण्डेले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिए पनि एकीकृत हुन नसकेको बताए। उनले यस सम्बन्धी विगतमा भएका छलफलहरूलाई पनि समेटेर एकीकृत ऐन ल्याउनुपर्नेमा जोड दिए। साथै, उनले विधेयकको संशोधन मन्त्रिपरिषद्लाई केन्द्रित गर्नेगरी आएको टिप्पणी गरे।

"भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो," पाण्डेले भने, "धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन्। एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ। यो विधेयकमा तीन चार वटा विषयहरूमा केन्द्रित भएर हेरिनुपर्छ। विधेयकको जुन संशोधन आएको छ, त्यसमा अलि नेपाल सरकार मन्त्रिपरिषद्लाई केन्द्रित गर्नेगरी आएको छ। त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ।"

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गासम्बन्धी विषयवस्तुमा आफ्नो फरक मत रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ