arrow

करेन्ट लागेर चौधरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
sunsari.png

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा-३ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्जु गाउँपालिका-६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए । 

माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते भएका छन् ।

श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ