नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशामा उन्मुख छ : उपेन्द्र यादव
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
716
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलन अहिले 'लिबरल डेमोक्रेटिक मुभमेन्ट' तिर भड्किरहेको जिकिर गरे।
अध्यक्ष यादवले नेपालमा गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्ध जीवनभर संघर्ष गर्ने व्यक्तित्वका रूपमा पुष्पलाल श्रेष्ठलाई लिनुपर्ने बताए। तर, उनले कम्युनिष्ट आन्दोलनको जन्मकालदेखि नै षड्यन्त्र चल्दै आएको टिप्पणी गरे। उनले भने, “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइयो। यसको अर्थ षड्यन्त्र कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ, जुन अहिलेसम्म अन्त्य भएको छैन।”
अध्यक्ष यादवले एक समय कम्युनिष्टहरू सत्तापक्ष, प्रतिपक्ष र जंगलमा समेत रहेको स्मरण गर्दै अहिले भने कम्युनिष्ट आन्दोलन कमजोर भएकोतर्फ सङ्केत गरे।