arrow

प्रतिनिधि सभा

बस्नेतलाई सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ [भिडियो]

‘भ्रष्टाचार मुद्दामा निलम्बित सांसद सरकारी कार्यक्रममा हिँड्नु संसदीय प्रणालीको अपमान’: सांसद सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
sapkota-madhav.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचारको अभियोग लागेका र निलम्बनमा रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनेर हिँडिरहेको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा चलिरहेको व्यक्तिलाई सरकारी कार्यक्रममा अतिथिका रूपमा राख्नु संसदीय प्रणालीको अपमान र जनविश्वासमाथिको हमला भएको टिप्पणी गरे। उनले गत बिहीबार सिन्धुपाल्चोकमा जिल्ला समन्वय समिति र उद्योग वाणिज्य संघले आयोजना गरेको 'तातोपानी नाकासम्बन्धी अन्तरक्रिया' कार्यक्रममा बस्नेत प्रमुख अतिथि बनेको सन्दर्भमा सरकारको धारणा माग गरेका हुन्।

उनले भने, "सरकारको कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्बनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो। त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो? जान्न चाहन्छु।" उनले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई यस्तो कार्यक्रममा सहभागी गराइएकोमा सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गरे।

यसैगरी, सांसद सापकोटाले बढ्दै गएका विपद्जन्य घटनाहरूलाई ध्यान दिँदै सडक यातायात खुलाउन र प्रभावितको जीवन रक्षामा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ