बनेपा। सिन्धुली, रामेछाप र काभ्रेको सङ्गम कुशेश्वर मन्दिर क्षेत्र। रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो।
नेपाल थोकमा पर्ने यो ठाउँ बिपी राजमार्गसँगै जोडिएको छ। महाशिवरात्रि, हरिबोधनी एकादशी, तिज, जनै पूर्णिमा, बाला चतुर्दशी, अक्षय तृतीया, बडादसैँ, चैते दसैँ आदि पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ।
यस मन्दिरमा विशेष गरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौँ उपत्यकाबाट भक्तजन आइपुग्छन्।