arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा

“भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८१” सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
bhaktaraj-charya-national-music-award-2081.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८२ श्रावण ३ गते कुपण्डोलस्थित होटेल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८१” प्रदान गरियो। सो सम्मान गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार सिला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार रु १००,०० सहित प्रदान गरिएको छ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवङ्गत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ। कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशीलले उक्त सम्मान ग्रहण गरिन्। २५ हजार रुपैयाँ राशिको यो सम्मान साङ्गीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका सङ्गीतकर्मीलाई प्रदान गर्दै आएको छ।

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले सङ्गीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ  र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ