arrow

रूपन्देही–३ मा उपनिर्वाचन: यस्तो छ आयोगको निर्वाचन कार्यतालिका

कात्तिक १७ मा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
election-commission-hq-building-2022.jpg

काठमाडौँ। निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, यस उपनिर्वाचनमा उम्मेदवारले असोज २४ गते निर्वाचन चिह्न प्राप्त गर्नेछन्।

उम्मेदवारी प्रक्रिया असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता बाट सुरु हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।

उजुरी र मनोनयनपत्रमाथि जाँचबुझ गरी असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म निर्णय गरिनेछ। यसपछि, असोज २३ गते साँझ ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र त्यसपछि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले भने यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ