arrow

कानुन, न्याय तथा मानव अधिकार समिति

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
bimalass-12.jpg

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।

समितिले पहिलोदेखि तेस्रो मानव अधिकारसम्बन्धी आवधिक समीक्षासम्म गरिएका प्रतिबद्धता र स्वीकार गरिएका सिफारिसहरूलाई कार्यान्वयन गर्न समयसीमासहितको राष्ट्रिय कार्ययोजना तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकमा भनियो, "प्रथमदेखि तेस्रो आवधिक समीक्षामा गरिएका प्रतिबद्धताहरू र कार्यान्वयन गर्न स्वीकार गरिएका सिफारिसहरूको समयसीमा सहितको राष्ट्रिय कार्ययोजना निर्माण गरी नतिजामूलक कार्यान्वयन गर्न, आर्थिक कुटनीतिमार्फत विश्वव्यापी आवधिक समीक्षा कोषमा पहुँच पुर्याउन र अन्तर्राष्ट्रिय सहयोगका लागि आवश्यक प्रबन्ध गर्न, मानव अधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगति रिपोर्टिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्न यो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ।"

समितिले मानव अधिकारको अवस्थाबारे सूचकाङ्कमा आधारित अनुगमन तथा प्रगति प्रतिवेदन प्रणाली विकास गरेर त्यसलाई व्यवहारमा उतार्न समेत सरकारलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ