arrow

बस दुर्घटनामा चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
bus-acc-tanahun.jpg

पोखरा । पोखराबाट काठमाडौँ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा पोखराका दुई जनासहित चार जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा पोखरा-५ का ३० वर्षीय रामु थापा, पोखरा-६ का ४० वर्षीय रुद्रबहादुर पहाडी, सोलुखुम्बुका ४५ वर्षीय रुद्रप्रसाद कट्टेल र धादिङ गंगाजमुना गाउँपालिका वडा नं २ का २० वर्षीय कृष्णबहादुर तामाङ छन् । तामाङ बसका सहचालक भएको बताएको छ । 

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वी राजमार्गमै बा४ख ८४१३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ