arrow

कृषिलाई उठाऔँ – ५

अलैंची नेपालकै सर्वाधिक निर्यातमा पर्न सक्छ

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ साउन ३ शनिबार
badri-ojha83-4-3.jpg

विश्वमा कृषि उपज बेचेर कमाइ गर्ने मुलुकमध्ये पाचौँमा टापु मुलुक  नेदरल्यान्ड्स पर्छ । उसले गत वर्ष फूल, तरकारी र सुकाएको मासु बेचेर ९० अर्ब डलर कमाइ गर्यो । त्यसपछि जर्मनीले ८१ हुँदै भारतले ५१ अर्ब डलर कमाइ गरेको थियो । भारतले चामल, चिया, समुद्री खाना र कपासबाट कमाइ गरेको थियो ।

सोही वर्ष नेपालले कृषि उपज निर्यात गरेर एक अर्ब डलर कमाइ गरेको थियो । नेपालले चिया, कफी, अलैंची, भटमासको तेल र कार्पेटबाट सो रकम आर्जन गरेको थियो । नेपाल अझै पनि विश्वमा कृषिमा आधारित अर्थतन्त्रमा अगाडि नै छ । कृषिमा निर्यातमा नेपाल २९ औँ स्थानमा पर्छ भने अर्थोडक्स चिया निर्यातमा ३० औँमा पर्छ । अलैँची निर्यातमा नेपाल दोस्रोमा पर्छ । भारतले नेपालकै अलैंची बेचेर पहिलो हुने अवसर पाएको छ ।

आर्थिक वर्ष २०२३—०२४ मा नेपालले पाँच हजार मेट्रिक टन अलैंची विश्व बजारमा पठाएर करिब ६ करोड डलर कमाइ गरेको थियो । तर सन् २०२४ — ०२५ मा भने १७ प्रतिशतले उत्पादनमा गिरावट आयो र करिव चार हजार टनमा सिमित भयो । बजार भाउ भने सात प्रतिशतले वृद्धि भएकाले करिब साढे आठ करोड डलर बराबरको अलैंची निर्यात भयो ।

नेपाली अलैंचीको बजार भाउ असाध्यै राम्रो छ । सरदर दुई हजार रुपैयाँ प्रतिकेजी पर्छ । हाल नेपालमा १८ हजार हेक्टर जमीनमा अलैंची खेती हुन्छ । हाल प्रतिहेक्टर तीन सय केजी उत्पादन छ । 

यसलाई अलिकतिमात्र आधुनिक बनाए ६ सय हेक्टर प्रतिकेजी र अझ साँच्चिकै आधुनिक किसिमले खेती गर्ने हो भने प्रतिहेक्टर आठ सय केजी सम्म उत्पादन गर्न सकिन्छ । 

यसलाई बढाएर अरु ३० हजार हेक्टर जमीनमा खेती विस्तार गर्ने र प्रतिहेक्टर आठ सय केजीका दरले उत्पादन गर्न सके नेपालले वर्षमा अर्ब डलरभन्दा बढीको अलैंची बिक्री गर्न सक्छ । 

अलैंची खेती सामान्यतया ६ सय देखि दुई हजार मिटरको उचाइसम्म हुन्छ ।  
यसको इतिहास नेपालसँगै जोडिएको छ । नेपाल एकीकरणका बेला सिक्किम पनि नेपालकै भूभागमा पर्दथ्यो । त्यसैबेलादेखि अलैंचीको उत्पादन शुरू भएको अनुमान छ । 

नेपालमा बिसं २०१० तिर हालको इलामको श्रीअन्तुमा पहिलो पटक रोपिएको बताइन्छ । सोही क्षेत्रमा नेपाल सरकारले करिब तीन सय ६० हेक्टर जमीनमा हाल पनि अलैँची विकास केन्द्र सञ्चालनमा राखेको छ तर उसँग पनि आधिकारिक तथ्यांक भने छैन । 

इलामपछि पाँचथर ताप्लेजुङ, तेह्रथुम, संखुवासभातिर विस्तार भयो । हाल कास्की, लमजुङ, दोलखा आदि जिल्लामा पनि थप विस्तार भएको पाइन्छ । बिस्तारै अलैंची फलाउने किसानहरू बढ्दै गएका छन् । 

अलैंचीबाट धेरै मानिसको आर्थिक अवस्थामा सुधार आएको बताइन्छ । विश्व बैंकका अनुसार सामान्यतया मध्यम वर्गीय किसानले समेत थोरथोरै जमीनमा अलैंची लगाएर १० लाख रुपैयाँसम्म आर्जन गरेका तथ्यांक छन् । 

यस्तो आर्जन गर्नेमा ताप्लेजुङकी लिलादेवी दाहाल, रामेछापका दिनेशकुमार कार्की आदि अग्रपंक्तिमा छन् । 

यस्तै कास्कीका सुरेशजङ क्षेत्री यी सबैभन्दा बढी आधुनिक किसान हुन् । उनी किसानमात्र नभई व्यापारी पनि हुन् । उनी आफैंले पाँच सय रोपनीमा खेती गरेका छन् भने थप २५ सय रोपनीमा अरु किसानलाई पनि खेती गर्न लगाएका छन् । 

उनीहरूको अलैंची क्षेत्रीले नै किनिदिन्छन् । उनीहरूको सामूहिक कमाइ वर्षमा करिब करोड बराबर छ । अलैंची फल्ने क्रम बढ्दै गएकाले कमाइ अझ बढ्नेमा क्षेत्री ढुक्क छन् । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्) 

क्रमशः 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ