आज पाँच संसदीय समितिका बैठक: विभिन्न महत्त्वपूर्ण एजेन्डामा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
1.9k
Shares
काठमाडौँ ।आज विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दैछन्। यी बैठकहरूमा राष्ट्रिय महत्त्वका विविध विषयमा छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समिति
बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ। यस बैठकमा घले समुदायलाई छुट्टै जातिमा सूचीकृत गर्न समितिमा परेको निवेदनबारे छलफल हुनेछ।
पूर्वाधार विकास समिति
बिहान ८:३० बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ। यस बैठकमा काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको डि.पि.आर. (विस्तृत परियोजना प्रतिवेदन) बारे छलफल हुनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ। यस बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गरिनेछ।
विधायन व्यवस्थापन समिति
मध्यान्ह १२:१५ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। यस बैठकमा जलस्रोत विधेयक, २०८१ माथि विज्ञहरूसँग छलफल हुनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
बिहान ११:३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ। यस बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, साथै सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरूबारे छलफल गरिनेछ।