arrow

ल्हेन्दे खोलाको बाढीले पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
bhotekohi-badi.jpg

रसुवा। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपालीहरूलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, अलपत्र परेका करिब १,२०० जना नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ। केरुङमा रहेका नेपालीहरूको भोजन र आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको जनाइएको छ।

अलपत्र परेकामध्ये ९१ जना मालवाहक सवारी साधनका चालक तथा सहचालक छन्। यसैगरी, कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ