arrow

रोकिराखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
accident-tanahun-2082-03-30.jpg

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा सोमबार दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा व्यास नगरपालिका-१२ छिर्कने बस्ने अन्दाजी ३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएका छन् ।

दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए ।

घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ